दफा ४६
नियुक्ति रद हुने
(१) संविधानको धारा २४३ को उपधारा (५) विपरीत लोक सेवा आयोगको परामर्श बिना नेपाल सरकारबाट निवृत्तभरण पाउने पदमा कुनै व्यक्तिले स्थायी नियुक्ति पाएको भएमा त्यस्तो नियुक्ति जुनसुकै बखत रद हुनेछ ।
(२) कसैले आफ्नो सट्टा अन्य कुनै व्यक्तिलाई परीक्षा दिन लगाएमा निजले परीक्षा दिएको सम्बन्धित विज्ञापनको सम्पूर्ण विषयको परीक्षा निजको हकमा स्वतः रद्द हुनेछ र त्यसरी दिएको परीक्षाको आधारमा सिफारिस भई कुनै व्यक्तिले .नियुक्त पाएको भएमा त्यस्तो नियुक्ति जुनसुकै बखत रद हुनेछ ।